Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउनका बेला मातृका आई सेन्टरको नि:शुल्क सेवा

लकडाउनका बेला मातृका आई सेन्टरको नि:शुल्क सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौंको पुरानो बानेश्वरमा रहेको मातृका आई सेन्टरले तीन महिनादेखि आँखाको शल्यक्रिया सहितको सेवा नि:शुल्क प्रदान गर्दै आएको छ।

कोरोना महामारीका कारण देशमा भएको लकडाउनको समयमा पनि सेवा सञ्चालन गर्दै इमरजेन्सी रुपमा आएका र तुरुन्त सेवा चाहिने बिरामीलाई सेन्टरले निःशुल्क सेवा दिइरहेको हो । सेन्टरका मेडिकल डाइरेक्टर डा किशोरराज प्रधानले भने, ‘लकडाउनका कारण धेरै जना आर्थिक रुपमा पनि कमजोर भएका बेला के उपचार खर्च लिनु भनेर हामीले नसक्ने बिरामीलाई पैसा नलिइकन उपचार गरिरहेका छौं । यसलाई पछि पनि निरन्तरता दिने सोचमा छौं ।’

सेन्टरले आँखामा लाग्ने चोटपटक, चिकित्सकको परामर्श एवं अन्य आँखा सम्बन्धी समस्याको सेवा यो अवधिमा निशुल्क प्रदान गरेको हो ।  गत चैत ११ देखि लकडाउन शुरु भएपछि मात्रै २ हजार भन्दा बढीले आइ सेन्टरबाट निःशुल्क सेवा लिएको जनाइएको छ । सेन्टरले अति आवश्यक हुने र आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीको मोतियाबिन्दु लगायतका आँखाको शल्यक्रिया नि:शुल्क रुपमा गर्दै आएको छ । जसका कारण धेरैले आँखाको ज्योति गुमाउनबाट बचेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि