लकडाउनका बेला मातृका आई सेन्टरको नि:शुल्क सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौंको पुरानो बानेश्वरमा रहेको मातृका आई सेन्टरले तीन महिनादेखि आँखाको शल्यक्रिया सहितको सेवा नि:शुल्क प्रदान गर्दै आएको छ।
कोरोना महामारीका कारण देशमा भएको लकडाउनको समयमा पनि सेवा सञ्चालन गर्दै इमरजेन्सी रुपमा आएका र तुरुन्त सेवा चाहिने बिरामीलाई सेन्टरले निःशुल्क सेवा दिइरहेको हो । सेन्टरका मेडिकल डाइरेक्टर डा किशोरराज प्रधानले भने, ‘लकडाउनका कारण धेरै जना आर्थिक रुपमा पनि कमजोर भएका बेला के उपचार खर्च लिनु भनेर हामीले नसक्ने बिरामीलाई पैसा नलिइकन उपचार गरिरहेका छौं । यसलाई पछि पनि निरन्तरता दिने सोचमा छौं ।’
सेन्टरले आँखामा लाग्ने चोटपटक, चिकित्सकको परामर्श एवं अन्य आँखा सम्बन्धी समस्याको सेवा यो अवधिमा निशुल्क प्रदान गरेको हो । गत चैत ११ देखि लकडाउन शुरु भएपछि मात्रै २ हजार भन्दा बढीले आइ सेन्टरबाट निःशुल्क सेवा लिएको जनाइएको छ । सेन्टरले अति आवश्यक हुने र आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीको मोतियाबिन्दु लगायतका आँखाको शल्यक्रिया नि:शुल्क रुपमा गर्दै आएको छ । जसका कारण धेरैले आँखाको ज्योति गुमाउनबाट बचेका छन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा