Health TV Online
Health TV Online

भारतमा गत २४ घण्टामा थपिए अहिलेसम्मकै बढी संक्रमित, मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

भारतमा गत २४ घण्टामा थपिए अहिलेसम्मकै बढी संक्रमित, मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमण रोकिने संकेत देखिएको छैन्। त्यहाँ दिन प्रतिदिन संक्रमित थपिने क्रम बढेको छ । भारतमा आज पहिलोपटक अहिलेसम्मकै धेरै झण्डै २५ हजार जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा २४ हजार ८ सय ७९ जनामा कोरोना पुष्टि भएको हाे । यसैगरी ४८७ जनाकाे ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार १५० रहेको छ भने २१ हजार १५१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको संख्याको हिसाबमा भारत तेस्रो नम्बरमा परेको छ । सबैभन्दा बढी संक्रमित अमेरिमा, दोस्रो ब्राजिलमा र तेस्रो भारतमा रहेका छन्। अमेरिकामा संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना संक्रमण देखिएकोछ । त्यसैगरी ब्राजिलमा १७ लाख १६ हजार १९६ र भारतमा ७ लाख ६९ हजार १५० रहेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार