भारतमा गत २४ घण्टामा थपिए अहिलेसम्मकै बढी संक्रमित, मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमण रोकिने संकेत देखिएको छैन्। त्यहाँ दिन प्रतिदिन संक्रमित थपिने क्रम बढेको छ । भारतमा आज पहिलोपटक अहिलेसम्मकै धेरै झण्डै २५ हजार जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा २४ हजार ८ सय ७९ जनामा कोरोना पुष्टि भएको हाे । यसैगरी ४८७ जनाकाे ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार १५० रहेको छ भने २१ हजार १५१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
कोरोना संक्रमितको संख्याको हिसाबमा भारत तेस्रो नम्बरमा परेको छ । सबैभन्दा बढी संक्रमित अमेरिमा, दोस्रो ब्राजिलमा र तेस्रो भारतमा रहेका छन्। अमेरिकामा संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना संक्रमण देखिएकोछ । त्यसैगरी ब्राजिलमा १७ लाख १६ हजार १९६ र भारतमा ७ लाख ६९ हजार १५० रहेकाे छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा