Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हाल यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित

हाल यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ७७ जिल्लामा नै कोरोना संक्रमण फैलिएको भए पनि हाल ५ जिल्ला भने कोरोना संक्रमण शून्य भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल ५ जिल्ला कोरोना फ्रि भएको बताएका हुन्।

उनका अनुसार हाल कोरोना संक्रमितहरु उपचारपछि निको भएका कारण थप संक्रमण नदेखिएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेका छन्। हाल यी जिल्लाहरुमा  संक्रमित उपचारपछि डिस्चार्ज भएर घर फर्केपछि नयाँ कोरोना संक्रमित थपिएका छैनन्।

यसैगरी हाल ५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ जना पुगेको छ भने ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको बढी जोखिममा रहेको देखिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै