Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा २३ जनासहित थप २५५ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा २३ जनासहित थप २५५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं:  काठमाडौं उपत्यकामा २३ जनासहित आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा बुधबार २५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४सय २३ पुगेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंका १६ र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २५३ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ७५२ पुगेको छ।

पछिल्लो समय प्रत्येक दिन काठमाडौं उपत्यकामा संक्रमित थपिने क्रम बढ्दो छ । नेपालमा हालसम्म ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै