भारतमा मास्क नलगाए ५ सय रुपैयाँ जरिवाना
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको उत्तर प्रदेशमा मास्क नलगाएर बाहिर निस्केमा ५ सय रुपैयाँ जरिवाना लिने भएको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यूपी सरकारले सर्वसाधारणलाई मास्क अनिवार्य गर्न यस्तो निर्णय गरेको बताएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार गरिएको एक कार्यक्रममा सर्वसाधारणले कोरोना संक्रमणको वेवास्ता गर्दै मास्क बिना नै घर बाहिर निस्कन थालेकाले यस्तो जरिवाना तोकिएको बताएका थिए ।
उनले व्यक्ति जतिपटक मास्क नलगाएर घर बाहिर निस्कन्छ त्यति नै पटक ५ सय रुपैयाँ जरिवाना लिइने बताए । शुरुमा जरिवाना १ सय रुपैयाँ राखिएको थियो । त्यसलाई पनि वेवास्ता गरेपछि जरिवाना रकम बढाइएको बताइएको छ ।
नेपालमा पनि सरकारले बाहिर निस्कदा मास्क अनिवार्य गरेकाे छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम