गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज तीन जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङ गल्कोटका एक जना, तनहुँका १ जना र म्याग्दीका एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा