Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा मंगलबार थप १११ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा मंगलबार थप १११ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  सुदूरपश्चिममा थप १ सय ११ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल, डडेल्धुरा अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलावर भएको परीक्षणमा अछाम र बैतडीका ११ \११ र डोटीका ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार धुलिखेल अस्पताल धुलिखेलमा भएको परीक्षणमा बाजुराका ५४ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै ६ जनामा कोरोना पुष्टि भएको उनले बताए।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछाम जिल्लाका ५ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ। कैलालीको लम्कीचुहा नगरपालिकाका ३ महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २ पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने ९ सय ४ जना डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन