गर्भवती तथा सुत्केरीको कोरोना परीक्षणलाई प्राथमिकता, स्वाबको भाँडोमा रातो रिबन अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गर्भवती तथा सुत्केरी महिला समेत प्रभावित हुन थालेका छन्। सरकारले यही कुरा मध्यनजर गर्दै गर्भवती तथा सुत्केरीको स्वाब संकलन र परीक्षणलाई पहिलो प्राथमिकतामा राख्न अस्पताल र प्रयोगशालालाई परिपत्र गरेको हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै गर्भवती र सुत्केरीको स्वाबको भाँडोमा रातो रिबन अनिवार्य टाँसेर पठाउन अनुरोध गरेको हो । यसरी रातो रिबनले बाँधेर पठाइएको स्वाबको नमुनालाई इमरजेन्सी ठानी प्रयोगशालालाई तुरुन्त परीक्षण गर्ने र सोको नतिजा सम्बन्धित स्थानमा तुरुन्त पठाउन पनि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
उपत्यका लगायत देशभरमा गर्भवती तथा सुत्केरी महिलालाई समस्या हुन थालेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । कोरोनाको मारमा पछिल्लो समय गर्भवती र सुत्केरी महिला पर्न थालेको र समयमै रिपोर्ट नआउँदा सहज रुपमा सेवा लिन समेत अप्ठेरो भएको गुनासोहरु धेरै आउन थालेका छन्।





विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त