गंगालाल अस्पतालमा भर्ना भएका ७ जना बिरामीमा कोरोना पुष्टि, अस्पतालको सेवा प्रभावित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका ७ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालकाे आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको छ ।
अस्पतालले मंगलबार सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो ।
अस्पतालले आफूकहाँ भर्ना भएका सात जना बिरामीमा कोरोना संक्रमण देखिएको बताएको छ । सोमबार काठमाडौं उपत्यकामा भेटिएका भनिएका ५४ संक्रमित मध्ये सात जना गंगालाल अस्पतालमा मुटुको उपचार गर्न आएका बिरामी रहेको खुलेको छ ।
अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारीले अस्पतालमा आएका बिरामीमा कोरोना संक्रमण देखिएकाले आकस्मिक सेवा बाहेकको सेवा केही समयका लागि बन्द गर्न परेको बताए । उनीहरुको पीसीआर रिपोर्ट आउन ढिला भएका कारण धेरै स्वास्थ्यकर्मी एक्स्पोज हुन परेको अस्पालले गुनासो गरेको छ । अस्पतालका एक कर्मचारीले भने, ‘पीसीआर रिपोर्ट ढिला आइदिँदा बिरामीबाटै धेरैमा संक्रमण फैलिने भयो ।’ यी सात जनाको पनि स्वाब पठाएको एक सातापछि मात्र रिपोर्ट आएको उनले हेल्थ टिभी अनलाइनलाई बताए ।
अस्पताललका संक्रमित केहीलाई शसस्त्र प्रहरी अस्पतालमा पठाइएको र केही अझै अस्पातलमै रहेको बताइएको छ । काठमाडौं उपत्यमाका अधिकांस अस्पतालमा कोरोना संक्रमित फेला परे पनि सरकारले उनीहरुको उपचार र पीसीआर परीक्षणको अनुमति तोकेका बाहेक अन्य अस्पताललाई नदिंदा स्वास्थ्य उपचार गर्न ढिलाई हुने र बिरामीले दुख पाउने गरेको निजी र अन्य अस्पतालले गुनासो गर्दै आएका छन्।
मुटुको उपचारका लागि देशभरका बिरामी आउने अस्पतालको सेवा प्रभावित हुँदा धेरै मुटुका बिरामी मारमा पर्ने देखिन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा