Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मास्क नलगाएर घरबाहिर निस्कनेलाई कारवाही गरिने

मास्क नलगाएर घरबाहिर निस्कनेलाई कारवाही गरिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले चैत ११ देखि लगाएको लकडाउन असार लागेयता भने उपत्यका लगायतका सबै स्थानमा लकडाउन केही खुकुलो गरेको छ । धेरै जसो कार्यालयहरु सिफ्ट अनुसार खुल्न दिइएको छ । बजारमा निकै भिडभाड बढेको छ । व्यापार व्यवसाय बिस्तारै खुल्न थालेका छन्। भिडभाड बढेसँगै सर्वसाधारण कोरोना महामारीलाई बिर्सदै मास्क समेत लगाउन छाडेपछि सरकारले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड बमोजिम बाहिर हिंड्दा अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लकडाउनलाई व्यवस्थित बनाउनका लागि केही खुकुलो बनाएका बेला सर्वसाधारण भने कोरोना संक्रमणबाट जोगिन अनिवार्य लगाउनुपर्ने मास्क समेत नलगाई बाहिर निस्कन थालेको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन्। उनले गृह मन्त्रालयले यसअघि नै बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन निर्देशन गर्दै पत्र पठाएको समेत जानकारी दिए । मास्क नलगाएर बाहिर निस्के कारवाही समेत गर्ने चेतावनी गृहले दिएको छ ।

कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै मास्क नलगाएर घरबाहिर निस्कनेलाई कारवाही गर्न निर्देशन दिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन