बाग्लुङका २९ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बाग्लुङ निसीखोला गाउँपालिका वडा नं ३ निवासी २९ वर्षीय युवकको मृत्यु भएको हो ।
भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्केर ढोरपाटनको क्वारेन्टाइनमा बसेका युवकको असार २१ मा मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा