काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौं उपत्यकामा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौंका २३ जना भक्तपुरका १० जना र ललितपुरमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ। आइतबार मात्र काठमाडौं उपत्यकामा ३० जनामा कोरोना पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा