स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन शुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आयोजना गरेको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका थिए । मन्त्री ढकालले सम्मेलन उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रका निती तथा कार्यक्रम तर्जुमाका लागि स्वास्थ्य अनुसन्धान अत्यन्त आवश्यक रहेको बताए ।
‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरूकाे सम्बाेधन’ भन्ने नारा दिइएको सम्मेलन दुई दिन अर्थात भोलिसम्म चल्नेछ । सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा अनुसन्धान प्रस्तुत गर्ने परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले जानकारी दिए । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसका साथै १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने छ।
प्रत्येक वर्ष आफनो वार्षिकोत्सवमा सम्मेलन गर्दै आएको परिषदले यसपटक कोरोना महामारीका कारण सम्मेलन भर्चुअल रुपमा गरेको हो । सम्मेलनमा उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्वारा सम्मानित समेत गरिने छ। सम्मेलन भोलिसम्म चल्नेछ







तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा