कोरोना कहर : भारत अतिप्रभावित मुलुकको सूचीमा तेस्रो नम्बरमा
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । अब भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको छ।
भारतमा दुई सातादेखि लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि भइरहेका छन्। अहिलेसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा २९ लाख ८१ हजार ८२४ संक्रमित पुष्टि भएको छ । यसैगरी ब्राजिल संक्रमित धेरै हुने दोस्रो देश हो । त्यहाँ १६ लाख ४ हजार ५८५ जना संक्रमित रहेका छन्। तेस्रो नम्बरमा रुस रहे पनि रुसलाई भारतलाई उछिन्दै तेस्रो नम्बरमा परेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १९ हजार ७ सय जनाले ज्यान गुमाएका छन्।
कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । त्यहा सबैभन्दा धेरै संक्रमितको संख्या फेला परेको छ । महाराष्ट्रमा मात्रै कुल संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ। गत २४ घण्टामा महाराष्ट्रमा ६ हजा ५५५ नयाँ संक्रमित थपिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा