Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन भोलिदेखि शुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन भोलिदेखि शुरु

हेल्थ टिभी अनलाइन \ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन भोलिदेखि शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको सम्मेलनको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने छन्।

‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्बोधन’ भन्ने नाराका साथ शुरु हुन लागेको सम्मेलन यसपटक कोभिड १९ मा बढी केन्द्रित भएको परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले बताए । उनले भने, ‘यसपटक कोरोना महामारीका कारण हामीले वेभिनार मार्फत सम्मेलन गर्ने भएका छौं । यसमा विभिन्न देशका अनुसन्धानकर्ताहरुले भर्चुअल रुपमै प्रस्तुती दिनुहुनेछ ।’

सम्मेलनमा  जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य , बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका २ सय ५२ वटा अनुसन्धानसम्बन्धी एब्स्ट्याक्ट परेका थिए।  ती मध्ये ८६ वटा मात्र छनौटमा पर्न सफल भएको परिषदले जनाएको छ ।

सम्मेलनमा ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसैगरी सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरण समेत हुने जानकारी दिइएको छ । यस सम्मेलनमा अमेरिका, बेलायत स्विजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम लगायतका देशका वैज्ञानिकहरु समेत सहभागी हुनेछन्।

परिषदले प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट एक एक जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेबी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिनेछ । यसका सथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२० , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरुष्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिने छ । यसका साथै वर्षभरी परिषदमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्ड पनि प्रदान गरिनेछ ।

परिषद्ले प्रत्येक वर्ष आफ्नो स्थापनाको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ । यसपटक भने कोरोना महमारीका कारण ढिला गरी भर्चुअल रुपमा गर्न लागेको हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि