कर्णाली प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२ सय एक पुगेको हो ।
शनिबार कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय८९ पुगेको छ । कर्णालीमा कोभिड- १९ संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल सम्म त्यहाँ २८२ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा