थप २३२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ रहेको छ भने ९ हजार ४२ जना संक्रमित देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन्। कोरोना संक्रमणबाट आज मात्रै दुई जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गोरखाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा