Health TV Online
Health TV Online

थप २३२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३४ पुग्यो

थप २३२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ रहेको छ भने ९ हजार ४२ जना संक्रमित देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन्। कोरोना संक्रमणबाट आज मात्रै दुई जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गोरखाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार