Health TV Online
Health TV Online

कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी महिलाको मृत्यु

कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका-१० मा भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाईएकी ४८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

उनी जेठ २६ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन्। मृतक महिला उच्च रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बताइएको छ ।

मृतक महिलामा कोरोना हुनसक्ने भन्दै स्वाब संकलन गरी परीक्षण गरिने गोदावरी नगरपालिकाले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार