कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका-१० मा भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाईएकी ४८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।
उनी जेठ २६ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन्। मृतक महिला उच्च रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बताइएको छ ।
मृतक महिलामा कोरोना हुनसक्ने भन्दै स्वाब संकलन गरी परीक्षण गरिने गोदावरी नगरपालिकाले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा