Health TV Online
Health TV Online

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

गोरखाका ४४ वर्षीय पुरुषले गुमाए ज्यान

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गोरखा पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गोरखा अस्पतालले कोरोना संक्रमण पुष्टि भएका उनको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको विज्ञप्ति निकाल्दै जानकारी दिएको छ ।

अस्पतालले उनी शुक्रबार राती आइसोलेसनमा भर्ना भएको र शनिबार बिहान ५: ०५ बजे उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाका अनुसार मृत्यु भएका संक्रमित व्यक्ति मधुमेहका दीर्घरोगी समेत रहेका थिए ।

शुक्रबार मात्रै काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार