कोरोना पुष्टि भएपछि बझाङमा एक युवकले गरे आत्महत्या
शेर भण्डारी \डडेल्धुरा : बझाङमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिक ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्।
खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।
त्यहाँ रहेका २५ जना मध्ये कोरोना परीक्षण गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो।
गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा