क्यान्सर, मधुमेह र आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले क्यान्सर, मधुमेह तथा आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा क्यान्सर, मधुमेह तथा आइसीयूमा रहेका बिरामीको पनि कोरोना परीक्षण गरिने जानकारी दिए । उनले भने, ‘आजबाट परीक्षणको दायरा फराकिलो बनाउँदै क्यान्सर, मधुमेह भएका बिरामीको पनि कोरोना परीक्षण गरिनेछ ।’ यसैगरी इमरजेन्सीमा आउने बिरामी र आइसीयूमा भर्ना भएका बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने उनले जानकारी दिए ।
यसका साथै कोरोना प्रभावित पकेट एरियाबाट आउने व्यक्तिहरुको पनि कोरोना परीक्षण गरिने मन्त्रालयले जनाएको छ । यसअघि सरकारले सिमित व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्दै आएको थियो । उता क्लिनिकल समन्वय समितिको छलफलले सरकारी सामूदायिक तथा निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा