Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं नयाँ बानेश्वरका एक पुरुषको कोरोनाबाट मृत्यु

आज एकैदिन थपिए ७४० संक्रमित

काठमाडौं नयाँ बानेश्वरका एक पुरुषको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको कोरोनाबाट मृत्यु भएको जनाएका हुन्। डा गौतमका अनुसार काठमाडौंको बानेश्वर निवासी ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी  रहेको र छाती दुखेपछि राजधानीकै एक निजी अस्पताल भर्ना भएको  बताइएकाे छ । उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनमा आज कोरोना पुष्टि भएको डा गाैतमले बताए ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शुक्रबार मात्रै नेपालमा ७४० जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन