भारतमा बढ्दो कोरोना कहर: एकैदिन थपिए झण्डै २१ हजार संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन झण्डै २१ हजार कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा २० हजार ९०३ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ एकैदिन देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । त्यसो त भारतमा विगत १० दिनदेखि लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि हुँदै आएका छन्।
हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ६ लाख २५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार २१३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ९२ लाख ९७ हजार ७४९ जनाको कोरोना आशंकामा परीक्षण गरिएको छ । भारतमा बिहिबार मात्रै २ लाख ४१ हजार ५७६ जनाको परीक्षण गरिएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा