Health TV Online
Health TV Online

भारतमा बढ्दो कोरोना कहर: एकैदिन थपिए झण्डै २१ हजार संक्रमित

भारतमा बढ्दो कोरोना कहर: एकैदिन थपिए झण्डै २१ हजार संक्रमित

हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन झण्डै २१ हजार कोरोना संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा २० हजार ९०३ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ एकैदिन देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । त्यसो त भारतमा विगत १० दिनदेखि लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि हुँदै आएका छन्।

हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ६ लाख २५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार २१३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ९२ लाख ९७ हजार ७४९ जनाको कोरोना आशंकामा परीक्षण गरिएको छ । भारतमा बिहिबार मात्रै २ लाख ४१ हजार ५७६ जनाको परीक्षण गरिएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार