डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा
शेर भण्डारी \डडेल्धुरा : नागरिकस्तरबाट चन्दा संकलन र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सहयोगमा खरिद गरिएको पीसीआर मेसिन बिहीबारबाट सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिसकिएपछि संञ्चालनमा आएको हो ।
धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुनः परीक्षण गरिएपछि बिहीबारबाट संचालनमा आएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा पीसीआर मेसिन संचालनका लागि ल्याव अफिसर ५ जना, ल्याव असिस्टेन्ट २ जना सहयोगी २ जना, आएको नमुना इन्ट्रि गर्न २ जना, रिपोर्ट इन्ट्रि गर्न १ जना, कम्प्युटर अपरेटरसहित १२ जना खटिएका छन्।
डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौबाट आएका ईञ्जिनियर सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर परीक्षण गरेको उनले बताए ।
यसले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्ने भएको छ । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट बञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्य डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो ।
यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए । करीव ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ । मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती