Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा

डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा

शेर भण्डारी \डडेल्धुरा : नागरिकस्तरबाट चन्दा संकलन र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सहयोगमा खरिद गरिएको पीसीआर मेसिन बिहीबारबाट सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिसकिएपछि संञ्चालनमा आएको हो ।

धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुनः परीक्षण गरिएपछि बिहीबारबाट संचालनमा आएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा पीसीआर मेसिन संचालनका लागि ल्याव अफिसर ५ जना, ल्याव असिस्टेन्ट २ जना सहयोगी २ जना, आएको नमुना इन्ट्रि गर्न २ जना, रिपोर्ट इन्ट्रि गर्न १ जना, कम्प्युटर अपरेटरसहित १२ जना खटिएका छन्।

डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौबाट आएका ईञ्जिनियर सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर परीक्षण गरेको उनले बताए ।

यसले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्ने भएको छ । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट बञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्य डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो ।

यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए । करीव ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ । मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार