गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै शुक्रबार ४ जिल्लामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनामा गरिएको परीक्षणमा नवलपरासीका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा