सुदूरपश्चिममा आज थप ३ सय ४६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा र धनगढी प्रयोगशालामा भएको परीक्षणमा बिहीबार एकैपटक ३ सय ४६ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र १ सय २५ पुरुष गरी १ सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म ३ हजार बढीमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका ७ जनाको मृत्यु भएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा