नेपालमा पहिलोपटक रोटा भाइरस विरुद्धको खोप शुभारम्भ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भर्चुअल कार्यक्रम मार्फत रोटा भाइरस विरुद्धको खोप कार्यक्रमको शुभारम्भ गरेका हुन्। अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन् । देशभरका १६ हजार खोप केन्द्रमार्फत शिशुले निशुल्क खोप पाउने भएका हुन्।
रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमित खोप जस्तै नजिकका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जनाकारी दिए । ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा युनिसेफले ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ पठाएको हो ।
यसाका साथै रोटा भाइरसविरुद्धको खोपसँगै सरसफाई प्रर्वद्धनको कार्यक्रमको पनि थालनी भएको छ । सरसफाई प्रर्वद्धन कार्यक्रम अन्तर्गत साबुनपानीले हात धुने, बालबालिकाको दिशा शौचालयमा नै सफा गर्नुपर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
पछिल्लो ४ वर्षको सर्वेक्षणको तथ्यांक हेर्दा नेपालमा वर्षेनी ५ वर्ष मुनिका कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुने गरेका छन् । सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा गरिएको एक सर्वेक्षणमा पखालाका कारण अस्पताल भर्ना भएकामध्ये ३८ प्रतिशत बालबालिकालाई रोटा भाइरसका कारण पखाला लाग्ने गरेको पाइएको थियो ।
नेपालमा कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुन्छन् ।अझैपनि १० प्रतिशत बालबालिकाको मृत्यु पखालाका कारण हुने गरेको छ । पखालाका कारण हुने कुल मृत्युमा ३० प्रतिशत मृत्यु रोटा भाइरसबाट हुने पखालाका कारण हुने गर्दछ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त