स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए पदबाट राजीनामा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्।
पोखरेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्। उनले आफूलाई काम गर्ने वातावरण नभएका कारण राजिनामा दिएको बताएका छन्। उनले भने, ‘मलाई यहाँ काम गर्ने वातावरण भएन त्यसैले राजिनामा दिने निर्णय गरेको हुँ ।’
४ वर्षका लागि नियुक्त भएका पोखरेलको कार्यकाल अझै साढे २ वर्ष बाँकी छ । उनी १८ महिलाअघि खुल्ला प्रतिष्पर्धामार्फत बीमा बोर्डको कार्यकारी निर्देशकको रुपमा आएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा