नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्लामा गरी थप ४८२ जनामा कोरोना पुष्टि भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ४८ हजार ३६२ रहेको छ । यसैगरी कोरोना संक्रमण भएर विभिन्न आइसोलेसन सेन्टरमा रहनेको संख्या ९ हजार ३६० रहेको मन्त्रालयले जनाएको छ ।
आज कोरोनाबाट मृत्यु हुनेको संख्यामा एक जना थपिएका छन्। अछामको बयालपाटा अस्पतालमा आइतबार मृत्यु भएका एक पुरुषमा मंगलबार कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित