कोहलपुरमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\बाँके : बाँकेको कोहलपुरमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज गरिएको परीक्षणमा कोहलपुर- २ का श्रीमान श्रीमती र छोरामा कोरोना संक्रमण देखिएको बताएका छन्। उनले बाँकेमा आज ७ जनामा कोरोना पुष्टि भएकोमा एकै परिवारका तीन जना रहेको बताए ।
उनका अनुसार परिवारका अन्य सदस्य र सम्पर्कमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य शुरु गरिएको छ । अन्य चार जना भने खजुरा गाउँपालिकाका रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा