गण्डकी प्रदेशमा बुधबार बिहान थपिए २८ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै ६ जिल्लामा थप २८ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९९४ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका १२ जना, गोरखाका ३ जना, कास्कीका १ जना,स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना र तनहुँका १ जना रहेका छन्।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा