Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट थप एक जनाको मृत्यु, अछामको अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

कोरोनाबाट थप एक जनाको मृत्यु, अछामको अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

शेर भण्डारी\ डडेल्धुरा: नेपालमा थप १ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अछामको रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो।

उनकाे असार १४ गते आइतबार उपचारकै क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसेकाे जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।

उनलाई असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो। मृतकको आइतबार नै  दाहसंस्कार गरेकाे बताइएकाे छ ।

योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या ७ पुगेको छ भने नेपालमा ३० पुगेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार