Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै ४ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ९६६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका ५ जना, स्याङजाका १ जना,लमजुङका ३ जना र कास्कीका ८ जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २१४ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार