गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै ४ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ९६६ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका ५ जना, स्याङजाका १ जना,लमजुङका ३ जना र कास्कीका ८ जनामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २१४ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा