गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप ५३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९४९ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बाग्लुङ गल्कोटका १४ जना, पर्वतका १३ जना र गोरखाका ६ जना गरी ५३ जना रहेका छन्। निर्देशनालयका अनुसार आज १६ जना डिस्चार्ज भएसँगै गण्डकी प्रदेशमा कोरोना जितेर घर जानेको संख्या २१४ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा