Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्टार अस्पतालले पायो पीसीआर परीक्षण गर्ने अनुमति

सरकारको निर्देशिका बमोजिम आफ्नै बिरामीको परीक्षण गर्न भने नमिल्ने

स्टार अस्पतालले पायो पीसीआर परीक्षण गर्ने अनुमति

हेल्थ टिभी अनलाइन\ काठमाडौं: ललितपुरको सानेपास्थित स्टार अस्पतालले कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने अनुमति पाएको छ । निजी अस्पतालले कोरोना परीक्षणको अनुमति पाएको यो नै पहिलो अस्पताल हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार पत्र पठाउँदै अस्पताललाई पीसीआर परीक्षण गर्ने अनुमति दिएको हो । पत्र अनुसार अब अस्पतालले सरकारको निर्देशिका बमोजिमका स्वाब परीक्षण गर्न पाउनेछ । अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले अस्पतालले कोरोनाको पीसीआर परीक्षणको लागि अनुमति पाएको भन्दै तीन वटा मेशिनबाट दैनिक १ हजारसम्म परीक्षण गर्न सकिने बताए ।

तर योसँगै उनले गुनासो पनि राखेका छन्। उनले भने, ‘अस्पतालले परीक्षण गर्ने अनुमति पायो यो खुशीको कुरा हो तर यहाँ दुखको कुरा हामी सरकारको निर्देशिका बमोजिम आफ्नै बिरामीको परीक्षण गर्न भने पाउँदैनौं ।’ हाम्रो शल्यक्रिया गर्नुपर्ने वा अन्य बिरामीको परीक्षण गर्नुपरेमा पाटन वा टेकु ल्याबमै पठाउनुपर्छ । त्यसैले यो निर्देशिका संसोधन हुन जरुरी । उनले थपे, ‘आफ्नो अस्पतालमा परीक्षण हुन्छ, सबै सेटअप छ तर परीक्षण भने गर्न नपाइने यो कत्तिको सान्दर्भिक भयो त उनले प्रश्न गरे ।’  हामीले अन्य अस्पतालको बिरामीको परीक्षण गर्न पनि खोजेका होइनौं । कम्तीमा आफनो अस्पतालमा भर्ना भएका र आवश्यक पर्ने बिरामीलाई त परीक्षण गर्न पाउनुपर्ने हो नि ,उनले थपे ।

सरकारले मापदण्ड पूरा गरेका निजी अस्पताललाई कोरोनाको पीसीआर परीक्षण गर्न दिने तर सरकारले संकलन गरेका स्वाब मात्रै परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार