Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेडिसिटीमा सुत्केरी गराएको झण्डै २ लाखको बिल आएपछि…

मेडिसिटीमा सुत्केरी गराएको झण्डै २ लाखको बिल आएपछि…

कल्पना आचार्य\काठमाडौं  : ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालले सुत्केरी गराएको नै झण्डै २ लाख रुपैयाँ लिने गरेको खुलेको छ । अस्पतालले सानेपाकी एक महिलाको सुत्केरी गराएको झण्डै दुई लाख रुपैयाँ लिएको पाइएको हो । सानेपाका प्रसिद्ध खड्गी आफ्नी नर्स श्रीमतीलाई सुत्केरी गराउन असार ७ गते मेडिसिटी अस्पताल पुगे । उनी मेडिसिटीको सेवा लिन पहिलोपटक त्यहाँ गएका हुन्। त्यस अस्पतालमा कार्यरत  स्त्री रोग विशेषज्ञ निरा सिंह श्रेष्ठको क्लिनिकमा देखाउँदै आएकाले पनि डा निराकै सुझावमा उनी श्रीमती लिएर सो अस्पताल पुगेका थिए ।

असार ७ गते राती अस्पताल पुगे पनि भोलिपल्ट मात्रै शल्यक्रियात्मक सेवामार्फत सुत्केरी गराइयो । सबै राम्रै थियो । तर तीन दिनको बसाइपछि डिस्चार्ज गर्ने बेला जब उनले बिल हेरे त्यसपछि आफू छाँगाबाट खसेजस्तै भएको बताए ।
उनी आफै पनि स्वास्थ्यकर्मी हुन् । उनलाई धेरै खर्च भए १ लाख भित्रै सबै भइहाल्छ भन्ने लागेको थियो । तर झण्डै दुई लाखको बिल देखेपछि एकछिन त उनी अवाक भए । उनलाई थमाइएको बिलमा सर्जरी गरेको मात्रै ९४ हजार ५० रुपैयाँ लिइएको छ ।

मलाई शुरुमा थाहा भएन सिंगल क्याबिनमा बसें, त्यही अनुसार ओटी चार्ज, औषधिको रकम निर्धारण गर्ने रहेछन । गएर बुझ्दा बेडको आधारमा ‘ओटी चार्ज’ लिने रहेछन्। यस्तो त कहीं पनि देखेको थिइन । जनरल बेडमा बस्दा ६८ हजार, सेमी क्याबिनमा बस्दा ७८ हजार, सिंगल क्याबिनमा बसेको ८८ हजार र डिलक्समा १ लाख रूपैयाँ रहेछ । एउटै ओटी, एउटै डाक्टर तर बिरामी कुन बेडमा बसेको छ सोअनुसार पैसा निर्धारण यो भन्दा अचम्म अर्को के होला उनले प्रश्न गरे ।

लकडाउनका बेला सबैतिर कोरोनाको त्रास, आफूले देखाइरहेको डाक्टर र घर नजिक भएकाले पनि यहाँ आएको ढाडै सेक्ने गरी पैसा लिने रहेछ उनले दुखेसो पोखे । उनले सुत्केरी गराएको मात्रै शुल्क कसरी यति धेरै हुन्छ भनेर प्रशासनसँग कुरा पनि गरे । तर उनी भन्छन्, ‘कोही कुरा सुन्न तयार नै छैनन्।’ अन्तत उनी बिल बराबरको  १ लाख ८२ हजार २ सय ५१ रुपैयाँ बुझाएर निस्के । उनले भने, ‘त्यहाँ बिरामी कस्तो बेडमा बसेको छ सो अनुसार पैसा तिर्नुपर्ने रहेछ।’

‘मलाई शुरुमा थाहा भएन सिंगल क्याबिनमा बसें, त्यही अनुसार ओटी चार्ज, औषधिको रकम निर्धारण गर्ने रहेछन । गएर बुझ्दा बेडको आधारमा ‘ओटी चार्ज’ लिने रहेछन्। यस्तो त कहीं पनि देखेको थिइन ।’ जनरल बेडमा बस्दा ६८ हजार, सेमी क्याबिनमा बस्दा ७८ हजार, सिंगल क्याबिनमा बसेको ८८ हजार र डिलक्समा १ लाख रूपैयाँ रहेछ । एउटै ओटी, एउटै डाक्टर तर बिरामी कुन बेडमा बसेको छ सोअनुसार पैसा निर्धारण यो भन्दा अचम्म अर्को के होला उनले प्रश्न गरे ।

यतिसम्मकी औषधिको पैसा पनि बिरामीको बेड अनुसार बढ्दै जाने रहेछ । सिंगल बेडमा बस्दा बित्तिकै धेरै पैसा भएको त हुँदैन नि । अस्पतालको अर्को बदमासी गर्भवती भएदेखि नै श्रीमतीले डा निरालाई देखाएको कारणले उनले नै मेडिसिटी अस्पतालमा शल्यक्रियामा सहभागी हुने भनि त्यहाँ गइएको भए पनि उनी भने त्यस दिन ढिलो गरी अस्पताल आएको र शल्यक्रियामा अर्के डाक्टर रहेको खड्गीले बताए । जम्मा तीन दिन अस्पताल बसेका उनलाई अस्पतालले दुईवटा बिल जारी गरेको छ । असार १० गते जारी गरेको एउटा बिलमा १ लाख ७० हजार ३९७ रुपैयाँ लेखिएको छ भने सोही दिन थप ११ हजार ८५३ को अर्को बलि काटिएको छ । यो दुबै बिलको रकम जोड्दा १ लाख ८२ हजार २५१ रुपैयाँ हुन आउँछ ।

सरकारले आमा सुरक्षा कार्यक्रममार्फत तोकेका अस्पतालमा सुत्केरी सेवा निशुल्क दिंदै आएको भए पनि विविध कारणले सेवाग्राही मेडिसिटी जस्ता निजी अस्पताल जान बाध्य हुन्छन्। सेवाको रकम लिनु त स्वभाविक हो तर मेडिसिटीले भने शुरु देखि नै बिरामीबाट प्रसुती सेवाको लागि मोटो रकम लिंदै आएको पाइएकोछ ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार