Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अछाममा क्वारेन्टाइनमा बसेका १ पुरुषको मुत्यु, कोरोना परीक्षण हुँदै

अछाममा क्वारेन्टाइनमा बसेका १ पुरुषको मुत्यु, कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : अछाममा क्वारेन्टाइनमा बसिरहेका १ पुरुषको मुत्युु भएको छ। रामारोशन गाउपालिका–५को कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मुत्युु भएको हो।

उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए। असार ९ गते उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। असार १३ गते एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याइएकोमा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।

मृत्यु पश्चात उनी लगायत उनको सम्पर्कमा रहेका सबैको स्वाव संकलन गरी धनगढी पठाइएको बयालपाटा अस्पतालका डा विकास गौचनले जानकारी दिएका छन्। उनी मधुमेहका बिरामी रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार