Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन : भारतमा पहिलोपटक एकैदिन झण्डै २० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ १९ हजार ९०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म भारतमा ५ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन्।

जबकी आइतबार बिहानसम्म भारतमा १६ हजार ९५ जनाले ज्यान गुमाएका छन्। यसैगरी  संक्रमितमध्ये तीन लाख बढीले कोरोना जितेका छन्। गत २४ घण्टामा ४१० जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन