Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा ४ र भक्तपुरमा थप १ जनामा कोरोना संक्रमण

काठमाडौंमा ४ र भक्तपुरमा थप १ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा थप ५ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।

उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, तीन पुरुष र भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस नेपालका ७७ जिल्लामा नै फेला परिसकेको छ । आज मात्रै नेपालमा ५५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार