काठमाडौंमा ४ र भक्तपुरमा थप १ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा थप ५ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।
उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, तीन पुरुष र भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस नेपालका ७७ जिल्लामा नै फेला परिसकेको छ । आज मात्रै नेपालमा ५५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा