Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शनिबार थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाघ्यो

शनिबार थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्ला गरी थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

आज विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज हुनेको संख्या १३६ रहेको छ । योसँगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ८ सय ३४ जना रहेको छ ।मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार