कोरोना उपचारको अनुसन्धानका लागि कोरियाका ४ हजार संक्रमितले प्लाज्मा दिंदै
हेल्थ टिभी अनलाइन\काठमाडौं: कोरोना भाइरस (कोभिड -१९ ) को उपचारको अध्ययन र अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले रगतको प्लाज्मा दिने भएका छन् ।
दक्षिण कोरियास्थित शिञ्जोची चर्चका ४ हजार जना निको भएका संक्रमितहरुले आफूखुशी रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उनीहरुले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको बताइएको छ । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको चर्चका संस्थापक मान ही लीले बताएका छन् ।
पछिल्लो समय प्लाज्माको अभावमा कोभिड- १९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् ।
दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएका छन् । जसमध्ये २८१ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशहरुमा अध्ययन भइरहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा