Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना उपचारको अनुसन्धानका लागि कोरियाका ४ हजार संक्रमितले प्लाज्मा दिंदै

कोरोना उपचारको अनुसन्धानका लागि कोरियाका ४ हजार संक्रमितले प्लाज्मा दिंदै

हेल्थ टिभी अनलाइन\काठमाडौं: कोरोना भाइरस (कोभिड -१९ ) को उपचारको अध्ययन र अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले रगतको प्लाज्मा दिने भएका छन् ।

दक्षिण कोरियास्थित शिञ्जोची चर्चका ४ हजार जना निको भएका संक्रमितहरुले आफूखुशी रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उनीहरुले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको बताइएको छ । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको चर्चका संस्थापक मान ही लीले बताएका छन् ।

पछिल्लो समय प्लाज्माको अभावमा कोभिड- १९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएका छन् । जसमध्ये २८१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशहरुमा अध्ययन भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार