Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

मृतक क्यान्सरका बिरामी

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं: कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिका -७ का ५० बर्षिय पुरुषको शनिबार विहान  चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी क्यान्सरका बिरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो।

शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि  उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै सुदूरपश्चिममा मृतकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार