Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ३ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङ ढोरपाटनका १ जना, काठेखोलाका ७ जना, स्याङ्जा पुतलीबजार, अर्जुनचौपारी, बिरुवा र वालिङका गरी २२ जना र नवलपरासीका २ जना रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

निर्देशनालयका अनुसार संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार