स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ३ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङ ढोरपाटनका १ जना, काठेखोलाका ७ जना, स्याङ्जा पुतलीबजार, अर्जुनचौपारी, बिरुवा र वालिङका गरी २२ जना र नवलपरासीका २ जना रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
निर्देशनालयका अनुसार संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा