Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण, १७ जना संक्रमित एकैदिन डिस्चार्ज

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण, १७ जना संक्रमित एकैदिन डिस्चार्ज

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ४ जिल्लाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रसमितको संख्या ८०६ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा लमजुङका ६ जना, कास्कीका १ जना, गोरखाका ५ जना, पर्वतका २ जना रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत कास्कीका १४ जना, गोरखा, पर्वत र स्याङ्जाका १ \१ जना गरी १७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै गण्डकी प्रदेशमा हालसम्म कुल ११८ जना कोरोना जितेर घर फर्केका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार