गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण, १७ जना संक्रमित एकैदिन डिस्चार्ज
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ४ जिल्लाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रसमितको संख्या ८०६ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा लमजुङका ६ जना, कास्कीका १ जना, गोरखाका ५ जना, पर्वतका २ जना रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत कास्कीका १४ जना, गोरखा, पर्वत र स्याङ्जाका १ \१ जना गरी १७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै गण्डकी प्रदेशमा हालसम्म कुल ११८ जना कोरोना जितेर घर फर्केका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त