Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २७ पुग्यो

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनबाट मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको छ।

असार ११ गते दाङमा बेवारिसे रुपमा अचेत अवस्थामा भेटिएकी महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले उपचारका लागि लगेको भए पनि सोही दिन मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनको कोरोना परीक्षण गर्दा असार १२ गते आज रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवकता डा जागेश्वर गौतमले बताए । उनको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार