नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनबाट मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको छ।
असार ११ गते दाङमा बेवारिसे रुपमा अचेत अवस्थामा भेटिएकी महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले उपचारका लागि लगेको भए पनि सोही दिन मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनको कोरोना परीक्षण गर्दा असार १२ गते आज रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवकता डा जागेश्वर गौतमले बताए । उनको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा