भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नजिक, एकैदिन थपिए १७ हजार बढी संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म भारतमा ४ लाख ९१ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा मात्रै त्यहाँ १७ हजार २९६ जना संक्रमित थपिएका छन् भने ४०७ जनाको कोरोनाबाट ज्यान गएको बताइएको छ ।
हालसम्म भारतमा कोरोना संक्रमित मध्ये १५ हजार ३०१ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना जितेर घर फर्किनेको संख्या नै २ लाख ८५ हजार बढी रहेको छ । भारतमा हालसम्म ७७ लाख ७६ हजार २२८ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा