Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नजिक, एकैदिन थपिए १७ हजार बढी संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नजिक, एकैदिन थपिए १७ हजार बढी संक्रमित

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ ।

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म भारतमा ४ लाख ९१ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा मात्रै त्यहाँ १७ हजार २९६ जना संक्रमित थपिएका छन् भने ४०७ जनाको कोरोनाबाट ज्यान गएको बताइएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमित मध्ये १५ हजार ३०१ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना जितेर घर फर्किनेको संख्या नै २ लाख ८५ हजार बढी रहेको छ । भारतमा हालसम्म ७७ लाख ७६ हजार २२८ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप समाचार