कोभिड-१९ का बिरामीको उपचारका लागि फिजियोथेरापी निर्देशिका तयार
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल फिजियोथेरापी संघले कोभिड-१९ का संक्रमितलाई गरिने फिजियोथेरापी उपचारको निर्देशिका तयार गरेको छ।
कोभिड- १९ को हालसम्म कुनै औषधि तथा खोप नबनेकाले यसले निम्त्याउन सक्ने श्वासप्रश्वासको समस्यामा, कमजोरी तथा अन्य समस्याहरूमा फिजियोथेरापी उपचारको भुमिका महत्वपूर्ण हुने नेपाल फिजियोथेरापी संघका महासचिव तथा प्रवक्ता समिद कतिला श्रेष्ठले बताए । उनले भने, ‘हालसम्म कोरोनाको न त कुनै औषधि छ न त कुनै खोप नै पत्ता लागि सकेको छ । यो अवस्थामा बिरामीलाई फिजियोथेरापी मार्फत जोखिम कम गराउन सकिन्छ ।’ उनले यो निर्देशिका स्वास्थ्य मन्त्रालयललाई पनि बुझाइसकेको बताए।
अन्तर्राष्ट्रियस्तरमा बनेका निर्देशिकाहरुको रिफ्रेन्स र स्वीकृति लिई बनाइएको यस निर्देशिका बनाउनका लागि नेपाल र विदेशमा रहेका नेपाली फिजियोथेरापिष्टहरुको विज्ञ टिम बनाइएको थियो। यस टिमले अन्तर्राष्ट्रिय निर्देशिकालाई नेपालको परिवेशमा मिल्नेगरी बनाएको छ । यसमा कोभिड-१९ भएका संक्रमितलाई कसरी उपचार गर्ने ,फिजियोथेरापिष्टहरुले के कस्तो विधि तथा नियमहरु पालना गर्नुपर्छ भन्ने विस्तृतमा उल्लेख छन्।
सजिलै रुपमा अनलाइनबाट लिन सकिने यस निर्देशिकालाई नेपालमा रहेका स्वास्थ्य संस्था, हस्पिटल तथा सम्पूर्ण फिजियोथेरापिस्टहरुले कोविड-१९ का संक्रमितको फिजियोथेरापी गर्दा प्रयोग गर्न नेपाल फिजियोथेरापी संघले अनुरोध पनि गरेको छ ।





विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त