कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरसहित थप २५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं: कर्णाली प्रदेशमा बिहिबार डाक्टरसहित थप २५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विज्ञप्ति जारी गर्दै २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा मंगल रावलले बताए ।
प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रतिष्ठानमा मात्रै ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । डा रावलले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको जनाए ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा