Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरसहित थप २५ जनामा कोरोना संक्रमण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरसहित थप २५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं: कर्णाली प्रदेशमा बिहिबार डाक्टरसहित थप २५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विज्ञप्ति जारी गर्दै २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा मंगल रावलले बताए ।

प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रतिष्ठानमा मात्रै  ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । डा रावलले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार