Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश निर्देशनालयले विज्ञप्ति जारी गर्दै ४ जिल्लामा थप २५ जनमा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँ व्यास नगरपालिकाका २ जना,स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १ जना,बाग्लुङ बरेङका १ जना रहेका छन्। यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजान काम भइरहेको निर्देशनालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार