Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएकै दिन २६ वर्षीय युवकको मृत्यु

युवकको आरडीटी नेगेटिभ आएको थियो

डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएकै दिन २६ वर्षीय युवकको मृत्यु

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएका एक व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्केर क्वारेन्टाइनमा बसी घर गएका अजयमेरु गाउँपालिका –५ का २६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले बताए।

गाउँपालिकाको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडिटी गरिएको थियो। आरडिटी नेगेटिभ आएपछि घर फर्काइएका उनको गएराती घरमै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए। कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम पीसीआर नगराएर आरडिटी परीक्षण मात्रै गरेर घर पठाएको उनले बताए। उनमा यसअघि कुनै स्वास्थ्य समस्या नभएको बताइएको छ ।

मृतक युवकको परिवारले परम्परागत रुपमा दाहसंस्कार पनि गरिसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार