डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएकै दिन २६ वर्षीय युवकको मृत्यु
युवकको आरडीटी नेगेटिभ आएको थियो
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएका एक व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्केर क्वारेन्टाइनमा बसी घर गएका अजयमेरु गाउँपालिका –५ का २६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले बताए।
गाउँपालिकाको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडिटी गरिएको थियो। आरडिटी नेगेटिभ आएपछि घर फर्काइएका उनको गएराती घरमै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए। कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम पीसीआर नगराएर आरडिटी परीक्षण मात्रै गरेर घर पठाएको उनले बताए। उनमा यसअघि कुनै स्वास्थ्य समस्या नभएको बताइएको छ ।
मृतक युवकको परिवारले परम्परागत रुपमा दाहसंस्कार पनि गरिसकेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त